बेपत्ता भएका सातजना भेटिए

शुक्रबार, ४ असार, २०७८
डिजिटल संस्करण

पशु-चौपाया लिएर चरिचरण क्षेत्र जलजला पाटनमा गएर बेपत्ता भएका सातजना भेटिएको प्रहरीले जनाएको छ । प्रहरी र स्थानीयले उनीहरूलाई भेट्टाएर आगो तपाउने र आवश्यक खाना खुवाउने काम गरिएको जाजरकोटका डिएसपी मधुकुमार थापाले जानकारी दिए ।

मंगलबारदेखि हराइरहेका कुशे गाउँपालिका– ८ औलरिजाका ३५ वर्षीय दिलबहादुर खड्का, २५ वर्षीय विक्रम खड्का, २८ वर्षीया चन्द्रा खड्का, १८ वर्षीय  भविन्द्र खड्का, १२ वर्षीय मिम खड्का, १७ वर्षीया धनसरा खड्का र  वडा नं. ९ का ४० वर्षीय कृष्ण रोकाय शुक्रबार बिहान मात्र भेटिएको डिएसपी थापाले जानकारी दिए ।

खाना नखाएका र चिसोका कारण कमजोर अवस्थामा भेटिएका उनीहरूलाई प्राथमिक उपचारको काम पाटनमै गरिएको थापाले बताए ।

See More On

सुझावित समाचार