सत्तारुढ एमालेका महासचिव ईश्वर पोखरेलले चिनियाँ कम्युनिस्ट पार्टीबाट सद्भावस्वरूप प्राप्त स्वास्थ्य सामग्री सरकारलाई हस्तान्तरण गरेका छन् । पोखरेलले स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङमार्फत नेपाल सरकारलाई मंगलबार स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।
अक्सिजन कन्सन्ट्रेटर ३० थान र एन–नाइन्टी फाइभ मास्क एक लाख सामग्रीले कोरोनाविरुद्धको लडाइँमा थोरै भए पनि मद्दत पुग्ने विश्वास पार्टीले लिएको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले बताए ।