पूर्वी नवलपरासीको देवचुली नगरपालिका– २ मा रहेको चौधरी उद्योगको नेपाल आइस बियर प्लान्टमा आगलागी भएको छ ।
बुधबार बिहान अचानक ८ बजेतिर लागेको आगो नियन्त्रणको प्रयास भइरहेको छ । प्रहरी, दमकल र कामदारहरूले आगो नियन्त्रणका लागि प्रयास गरिरहेका छन् ।
आगलागीको कारण खुलेको छैन ।