सरकारले आगामी आर्थिक वर्षमा ६.५ प्रतिशतको आर्थिक वृद्धि हासिल हुने लक्ष्य लिएको छ । १० खर्ब २४ अर्ब रुपैयाँ राजस्व परिचान गर्ने लक्ष्यसहित ल्याएको १६ खर्ब ४७ अर्ब ७५ करोडको बजेट परिचालनबाट ६.५ प्रतिशतको आर्थिक वृद्धि हासिल हुने अर्थमन्त्री विष्णु पौडेलले लक्ष्य लिएका छन् ।
कोभिड नियन्त्रणमा छिट्टै सफलता मिल्ने, शीघ्र आर्थिक पुनरुत्थान हुने र आर्थिक गतिविधि लयमा फर्कने भन्दै सरकारले साढे ६ प्रतिशतको आर्थिक वृद्धि हासिल हुने लक्ष्य लिएको हो ।
सरकारले लिएको कोभिड नियन्त्रण, रोकथाम तथा उपचार, आर्थिक पुनरुत्थान र अर्थतन्त्र चलायमान बनाउने सरकारी नीति तथा कार्यक्रमले यो लक्ष्य हासिल हुने पोडेलले बताए ।