राष्ट्रपति विद्यादेवी भण्डारीले कैद भुक्तान हुन बाँकी चार सय ३० कैदीको कैद कट्टा गरी माफी दिएकी छन् ।
गणतन्त्र दिवसको अवसर पारेर उनले मन्त्रिपरिषद्को सिफारिसमा कैदीहरूको कैद मिनाहा गरिदिएकी हुन् ।
संविधानको धारा २७६ बमोजिम फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०४७ को दफा ३७, ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ को दफा १२, सर्वाेच्च अदालतको संयुक्त इजलासबाट २०७७ साउन १९ मा भएको परमादेश (रिट नं. ०७६–wo–०९३९) को आदेश, मुलुकी अपराधसंहिता २०७४ को दफा ४५ को उपदफा (४) तथा बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा ३६ को उपदफा (४) र फौजदारी कसुर (कैदकट्टा) नियमावली, २०७६ को नियम ३ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा कैद मिनाहा गरिदिएकी हुन् ।
.jpg'_'.2021-05-28.jpg)