नेपाल पक्षका २७ सांसदसहित एक सय ४९ सांसदको हस्ताक्षर लिएर सरकारको दाबी गर्न विपक्षी दल शीतलनिवास गए

शुक्रबार, ७ जेठ, २०७८
डिजिटल संस्करण

विपक्षी दलहरूले कांग्रेस सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६ (५)अनुसारको प्रधानमन्त्रीमा नियुक्तिको दाबी गर्ने भएका छन् ।

सिंहदरबारस्थित कांग्रेसको संसदीय दलको कार्यालयमा बसेको कांग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव समूह र नेकपा एमालेको माधव नेपाल समूहको संयुक्त बैठकले देउवाको नेतृत्वमा नयाँ सरकार बनाउने सहमति गरेका हुन् । बैठकलगत्तै नेताहरू शीतलनिवास प्रस्थान गरेका छन् । 

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार साँझ ५ बजेसम्मको समय दिएर संविधानको धारा ७६ (५)बमोजिमको सरकार गठनको आह्वान गरेकी थिइन् । त्यो समयअगावै दलहरूले बहुमतको सरकारको दाबी गर्न लागेका हुन् । 

देउवालाई प्रधानमन्त्री बनाउन प्रतिनिधिसभाका एक सय ४९ जना सांसदले हस्ताक्षर गरेका छन् । जसमा कांग्रेसका ६१, माओवादी केन्द्रका ४९, जसपाका १२ र माधव नेपाल समूहका २७ जना सांसदले हस्ताक्षर गरेका छन् ।

सुझावित समाचार