वरिष्ठ पत्रकार घिमिरेको निधन

बुधबार, ५ जेठ, २०७८
डिजिटल संस्करण

धनुषाका वरिष्ठ पत्रकार दिलीप घिमिरेको निधन भएको छ । केही महिनादेखि क्यान्सरबाट पीडित ६३ वर्षीय घिमिरेको काठमाडौंमा उपचारको क्रममा बुधबार निधन भएको हो । 

महोत्तरीको हतिसर्वामा जन्मेका घिमिरेले ०३२ देखि जनकपुरधामबाट पत्रकारिता सुरु गरेका थिए । ०३८ देखि आफ्नै प्रकाशन÷सम्पादनमा ‘हिमज्योति साप्ताहिक’ प्रकाशन थालेका थिए । 

०३५ मा पञ्चायती व्यवस्थाको विरोधमा मातृभूमि साप्ताहिकमा समाचार लेखेकै कारण उनलाई प्रहरीले पक्राउ गरेर मुद्दा चलाएको थियो ।  ०४६ को जनआन्दोलनमा घिमिरे महेन्द्रनारायण निधि, लीला कोइरालासँगै थुनामा परेका थिए । प्रजातन्त्रका लागि योगदान गरेको भन्दै कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारले घिमिरेलाई सम्मान गरेको थियो ।
 

सुझावित समाचार