एनएमबिको ८.५ प्रतिशत ब्याजदरको ऋणपत्र बिक्री सुरु

सोमबार, ३ जेठ, २०७८
डिजिटल संस्करण

 एनएमबि बैंकले वार्षिक ८.५ प्रतिशत ब्याजदरको ऋणपत्र बिक्री सुरु गरेको छ । बैंकले २ अर्बबराबरको १० वर्षे अवधिको ‘एनएमबि ऋणपत्र ८.५–०८७/८८’ नामको ऋणपत्र बिक्री सुरु गरेको हो । 

प्रतिकित्ता १ हजार दरको कुल २० लाख कित्ता ऋणपत्रमध्ये १२ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न संघ–संस्थालाई र ८ लाख कित्ता सर्वसाधारणमा बिक्री गर्ने बैंकले जनाएको छ । सर्वसाधारणका लागि छुट्याएको ८ लाखमध्ये ५ प्रतिशतले हुन आउने ४० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी ७ लाख ६० हजार कित्ता सार्वजनिक बिक्रीका लागि जारी गरेको जनाइएको छ । 

ऋणपत्र बिक्री छिटोमा जेठ ५ र ढिलोमा जेठ १६ मा बन्द गर्ने जनाइएको छ । प्रतिकित्ता १ हजार रुपैयाँका दरले न्यूनतम २५ र अधिकतम ८ लाख कित्तासम्मका लागि आवेदन गर्न सकिने बैंकले जनाएको छ । यसमध्ये १ अर्ब २० करोड रुपैयाँको ऋणपत्र ‘प्राइभेट प्लेसमेन्ट’ बाट बिक्री गरिने जनाइएको छ । यो ऋणपत्रलाई इक्रा नेपालले इक्रा एनपी इस्युअर रेटिङ ए माइनस प्रदान गरेको जनाइएको छ । यसको अर्थ बैंक समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त सुरक्षित रहेको संकेत गर्ने बैंकले जनाएको छ । 

See More On

सुझावित समाचार