लकडाउन उल्लंघन गर्ने आठ हजार सवारीसाधनसहित पैदलयात्रीलाई कारबाही

शुक्रबार, ३१ बैशाख, २०७८
डिजिटल संस्करण

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले कोरोना महामारीको चेन  तोड्नका लागि १६ वैशाखदेखि जिल्लाभरि लागू हुने गरी लकडाउन जारी गरेको छ । तर, मानिस र सवारीसाधनबाट लकडाउन उल्लंघन भइरहेको छ । 

लकडाउनको पालना र स्वास्थ्य मापदण्ड अवलम्बन नगर्ने मानिस तथा सवारीसाधनलाई प्रहरीले कारबाही गरेको छ । दुई साताको अवधिमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पैदलयात्रीसहित झन्डै आठ हजार सवारीसाधनलाई कारबाही गरेको छ । विनाकाम पैदल, साइकल वा सवारीसाधन लगेर घुम्ने मानिस, सवारीसाधनमाथि कारबाही गरेको हो । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता अमरबहादुर थापाले निषेधाज्ञाको पालना नगर्ने मानिस तथा सवारीसाधनमाथि कारबाही चलाएको बताए । कोरोना महामारी संक्रमण फैलिन नदिन प्रशासनले जारी गरेको निषेधाज्ञा कार्यान्वयनका लागि प्रहरीले जिल्लाभरि सक्रियता देखाउँदै अत्यावश्क कामकाजबाहेक फाल्तु घुमफिर गर्ने व्यक्ति, समूह एवं सवारीसाधनमाथि कारबाही गरिएको प्रवक्ता थापाले बताए । 

प्रवक्ता थापाका अनुसार निषेधाज्ञाको अवधिमा चार हजार चार सय ३० पैदलयात्रीसहित एक हजार नौ सय ६० ठूला सवारीसाधन, पाँच हजार नौ सय ९७ साना सवारीसाधन गरी सात हजार नौ सय ५६ मानिस तथा सवारीसाधनमाथि कारबाही गरिएको छ । 
 

See More On

सुझावित समाचार