अक्सिजन ग्यासको सिलिन्डर सरकारलाई उपलब्ध गराउन उद्योगी व्यवसायीलाई महासंघको अपिल

शनिबार, २५ बैशाख, २०७८
डिजिटल संस्करण

नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले स्थानीय सरकार प्रमुखमार्फत नेपाल सरकारलाई अक्सिजन ग्यासको सिलिन्डर उपलब्ध गराउन उद्योगी व्यवसायीलाई अपिल गरेको छ । महासंघका महासचिव पुरुषोत्तम रेग्मीले अपिल जारी गरी विपद्को समयमा देश र जनताप्रति दायित्व पूरा गर्न आग्रह गरेका छन् । 

उनले भनेका छन् ‘आ–आफनो उद्योगमा अक्सिजन ग्यासको खाली र भरी सिलिन्डर जिल्ला तथा प्रदेशमा रेकर्ड राखी स्थानीय सरकार प्रमुखहरूमार्फत नेपाल सरकारलाई उपलब्ध गराई राष्ट्रिय विपद्को समयमा देश र जनताप्रति दायित्व पूरा गर्न आ–आफ्नो तर्फबाट सम्पूर्ण क्रसर तथा खानी उद्योग व्यवसायीहरूमा हार्दिक अपिल गर्दछ ।’ 
 

सुझावित समाचार