राष्ट्रिय सभा उपनिर्वाचनका लागि नेमकिपाले बनायो तामाङलाई उम्मेदवार

शुक्रबार, २४ बैशाख, २०७८
डिजिटल संस्करण

बागमती प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदका लागि नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले कृष्णबहादुर तामाङलाई उम्मेदवार बनाएको छ ।

६ जेठमा हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि नेमकिपाले तामाङलाई उम्मेदवार बनाउने निर्णय गरेपछि शुक्रबार हेटौँडास्थित बागमती प्रदेश निर्वाचन आयोगको कार्यालयमा उनले उम्मेदवारी दर्ता गराएका हुन् । उनको उम्मेदवारीमा नेमकिपाका प्रदेश सभा सांसद सुरेन्द्रराज गोसाईं र अर्की सांसद सिर्जना सैंजू समर्थक रहेको निर्वाचन आयोगको कार्यालयले जनाएको छ ।

तामाङसहित हालसम्म तीनजनाको उम्मेदवारी दर्ता भइसकेको छ । यसअघि सत्तारुढ नेकपा एमालेको तर्फबाट रामबहादुर थापा बादल र नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह र जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षका संयुक्त गठबन्धनका उम्मेदवार डा. खिमलाल देवकोटाले उम्मेदवारी दर्ता गराइसकेका छन् । उपनिर्वाचनका लागि हेटौँडा– ४ स्थित भुटनदेवी माध्यमिक विद्यालयको मैदानमा मतदान हुने तय भइसकेको छ । 
 

सुझावित समाचार