युनाइटेड इन्स्योरेन्समा उपासना नियुक्त बिमा कम्पनीमा पहिलो महिला सिइओ

मंगलबार, २१ बैशाख, २०७८
डिजिटल संस्करण

युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा उपासना पौैडेल नियुक्त भएकी छिन् । कम्पनीले पौडेललाई नियुक्त गरेसँगै नेपालको बिमा क्षेत्रले पहिलो महिला प्रमुख कार्यकारी अधिकृत पाएको हो । 

कम्पनीले पौडेल पहिलो महिला प्रमुख कार्यकारी अधिकृतका साथै हालसम्मकै कम उमेर अर्थात् ३४ वर्षको उमेरमा उक्त पदमा पुग्ने पहिलो व्यक्ति भएको जनाएको छ । 

पौडेलले एक दशकभन्दा बढी कार्य अनुभव भएको तथा छिमेकी मुलुक भारतको दिल्ली विश्वविद्यालयको फ्याकल्टी अफ म्यानेजमेन्ट स्टडिज (एफएमएस) बाट एमबिएसम्मको अध्ययन पूरा गरेको कम्पनीले जनाएको छ । उनले भारतमा नै  बिमा व्यवसायको क्षेत्रमा प्रवेश गरेको कम्पनीले जनाएको छ । पौडेल युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडमा निमित्त प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्य गर्दै आएको जनाइएको छ । 

सुझावित समाचार