गण्डकीमा पौडेल र सुदूरपश्चिममा यादव प्रदेश प्रमुख नियुक्त

सोमबार, २० बैशाख, २०७८
डिजिटल संस्करण

राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी प्रदेशको प्रमुखमा सीता पौडेल र सुदूरपश्चिम प्रदेशको प्रमुखमा गंगाप्रसाद यादवलाई नियुक्त गरेकी छिन् । 

यसअघि मन्त्रिपरिषद्को बैठकले पौडेल र यादवलाई प्रदेश प्रमुखमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । 

पौडेल ओलीको जनसम्पर्क सल्लाहकार हुन भने यादव पूर्वउपसभामुख हुन् ।

गण्डकीमा अमिक शेरचन र सुदूरपश्चिममा शर्मिला त्रिपाठी प्रमुख थिए । शेरचन र त्रिपाठी पदमुक्त भएका छन् । 
 

सुझावित समाचार