लुम्बिनीकी सांसद विमलाले भनिन्– मैले मेरै खुसीले माओवादी केन्द्र रोजेकी हुँ

आइतबार, १९ बैशाख, २०७८
डिजिटल संस्करण

माओवादी केन्द्रमा प्रवेश गरेकी लुम्बिनीकी सांसद विमला वलीले आफ्नै खुसीले माओवादी केन्द्र रोजेको बताएकी छिन् । एमालेले विमला अपहरणमा परेको हल्ला फिँजाइरहेको अवस्थामा उनले पत्रकारहरूसँग भनिन्, ‘मैले मेरै खुसी र इच्छाले माओवादी केन्द्र रोजेकी हुँ ।’

माओवादीबाट धेरै सहयोग भएकाले आफूले माओवादी रोजेको उनले बताइन् । वली गत उपनिर्वाचनमा दाङ प्रदेश सभा ३ (ख) बाट नेकपाको तर्फबाट विजयी भएकी थिइन् । 

यसैबीच, लुम्बिनी प्रदेशमा आइतबारका लागि बोलाइएको संसद्को विशेष अधिवेशन कामचलाउ सरकारको सिफरिसमा अन्त्य भएको छ । प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलका विरुद्धमा दर्ता भएको अविश्वासको प्रस्तावमा आइतबारबाट छलफल हुने र सोमबार मतदान गर्ने तय गरिएको थियो । 

सुझावित समाचार