अफ्रिकन रुट्स जितपुर–सिमरा गोल्डकपको फाइनलमा

बिहिबार, ९ बैशाख, २०७८
डिजिटल संस्करण

आयोजक नव जनजागृति युवा क्लबलाई पन्छाउँदै क्यामरुनको अफ्रिकन रुट्स ११औँ जितपुर–सिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा आयोजकलाई २–१ ले पराजित गर्दै अफ्रिकन रुट्स अन्तिम दुईमा प्रवेश गरेको हो । 

अफ्रिकन रुट्सको जितमा नजिमी र इबोडेले गोल गरेका छन् । आयोजकका लागि सकल रेग्मीले गोल गरेका थिए । अफ्रिकन रुट्सविरुद्ध खेलको सातौँ मिनेटमा लिएको अग्रता जोगाउन नसक्दा आयोजक उपाधि होडबाट बाहिरिएको हो । 

खेलको म्यान अफ दी म्याच आयोजकका गोलरक्षक राहुल यादव घोषित भए । उनले नगद पाँच हजार रुपैयाँ हात पारे । प्रतियोगिताअन्तर्गत दोस्रो सेमिफाइनल खेल बिहीबार संकटा क्लब र एपिएफ क्लबबीच हुनेछ । 

See More On

सुझावित समाचार