मध्यरातमा गण्डकी प्रदेश सभा अधिवेशन अन्त्य

बिहिबार, २ बैशाख, २०७८
डिजिटल संस्करण

गण्डकी प्रदेश सरकारले  मध्यरातमा प्रदेश सभा अधिवेशन अन्त्य भएको घोषणा गरेको छ । चार दलले आज संसदमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव लैजाने तयारी गरेका थिए ।

तर, त्यो अगावै प्रदेश सभा अन्त्य भएको हो । प्रदेश प्रमुख अमिक शेरचनले सरकारको सिफारिसमा बैठक अन्त्य गरेका हुन् ।  प्रदेश सभा अधिवेशन अन्त्य भएको पत्र बिहीबार बिहान १०:३५ मात्रै  प्रदेश सभा सचिवालयमा बुझाइएको छ । 

गत चैत २७ गते  प्रदेश सभा बैठक बसेको थियो । वैशाख  ६ गते अर्काे  बैठक बस्ने गरी सोही दिनको बैठक सकिएको थियो । तर, बैठक नै बस्न नपाई वैशाख १ गते मध्यरातमा प्रदेश सभा अधिवेशन अन्त्य भएको हो ।  
 

सुझावित समाचार