इ–लर्निङ ‘माई सेकेन्ड टिचर’ १ वैशाखदेखि

सोमबार, ३० चैत, २०७७
डिजिटल संस्करण

इन्नोभेट टेकले १ वैशाखदेखि इ–लर्निङ ‘माई सेकेन्ड टिचर’ ल्याउने भएको छ । इन्नोभेट टेकका संस्थापक अध्यक्ष सुलभ बुढाथोकीले माई सेकेन्ड टिचर नेपालको शैक्षिक गुणस्तर सुधारमा कोसेढुंगा हुने बताए । 

नेपालजस्तो विकासोन्मुख राष्ट्रहरूको शैक्षिक गुणस्तरमा सुधार ल्याउन शिक्षामा आधुनिक प्रविधिको प्रयोग अपरिहार्य रहेको औँल्याउँदै अध्यक्ष बुढाथोकीले यो प्लेटफर्म विद्यार्थी, शिक्षक, अभिभावक सबैलाई उपयोगी हुने बताए । 

माई सेकेन्ड टिचरमा विभिन्न विषयका समसामयिक अवधारणा, पाठ्यक्रमका विषयवस्तु  र दैनिक जीवनका अनुभवहरूलाई शिक्षण पद्धतिसँग जोड्ने रोचक संवादमा आधारित अन्तक्र्रियात्मक भिडियो सामग्रीहरू, नबुझेका कुरा विषयशिक्षकसँग अनलाइन र व्यक्तिगत रूपमै सोध्न मिल्ने व्यवस्था छ । 

त्यसैगरी, सो प्लेटफर्ममा उपलब्ध अनलाइन ट्युटर सेवा, प्रत्येक विद्यार्थीको सही मू्ल्यांकन गर्न आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरी बनाइएको डाइगोनोस्टिक रिपोर्ट, आफ्नो क्षमता परीक्षण गर्न मिल्ने टेस्ट पेपरलगायतका विशेषता रहेका छन्  । हाल एसइई परीक्षाको तयारी गरिरहेका विद्यार्थीलाई लक्षित गर्दै कक्षा १० को गणित, विज्ञान, अंग्रेजी र ऐच्छिक अर्थशास्त्र विषयका शिक्षक–विद्यार्थीको अन्तक्र्रियात्मक भिडियो हेर्न सकिन्छ । 

नेपालमै नेपालीले बनाएको यो प्लेटफर्म विश्वका १८ विकसित देशका सयौँ क्याम्ब्रिज स्कुलहरूका हजारौँ विद्यार्थी–शिक्षकले प्रयोग गर्दै आएका छन् । सन् २०२० मा एसिया प्यासिफिक क्षेत्रका उत्कृष्ट १० इ–लर्निङ प्लेटफर्ममा पर्न सफल माई सेकेन्ड टिचर अमेजन वेब सर्भिसेसको ‘एड–स्टार्ट’ अवार्डबाट समेत सम्मानित छ ।

सुझावित समाचार