पेट्रोलियम व्यवसायीलाई चुनाव लाग्यो

शुक्रबार, २० चैत, २०७७
डिजिटल संस्करण

देशभरका पेट्रोलियम व्यवसायीलाई चुनाव लागेको छ । कोरोना भाइरसका कारण एक वर्षपछि धकेलिएको निर्वाचनमा अध्यक्ष र महासचिवमा तेस्रो कार्यकालका लागि लिलेन्द्र प्रधान र विश्व अर्यालले उम्मेदवारी दिने भएका छन् । एसोसिएसनका पूर्ववरिष्ठ उपाध्यक्ष नवीनचन्द्र श्रेष्ठले अध्यक्षमा र काभ्रे पेट्रोलियम डिलर्स एसोसिएसनका निवर्तमान अध्यक्ष आत्मराम थापाले महासचिवमा उम्मेदवारी दिने भएका छन् । 

सचिवमा बुटवलका हिमाल गैरे र सहसचिवमा श्याम बुढाथोकी (काठमाडौं)ले उम्मेदवारी दिने भएका छन् । वरिष्ठ उपाध्यक्षमा सुनीलकुमार गुरुङ (पोखरा), प्रथम उपाध्यक्षमा विनोद चौरासिया (वीरगन्ज) र द्वितीय उपाध्यक्षमा सुनील बेघा (वीरगन्ज) ले उम्मेदवारी दिने भएका छन् । कोषाध्यक्षमा चतुर्भुज अग्रवालले दोहो¥याउन चाहेका छन् भने र बागमती पेट्रोलियम डिलर्स एसोसिएनका अध्यक्ष अच्युत खड्काले पनि कोषाध्यक्षमा उम्मेदवारी दिने बताएका छन् ।

केन्द्रीय कार्यसमिति सदस्यका लागि बाबुराम जम्मरकट्टेल (पोखरा), गोपालराज कटुवाल (मेची), महेन्द्र अग्रवाल (कोसी),  गोपाल श्रेष्ठ (कोसी), उदयमान सिंह (सगरमाथा), चन्दनकुमार श्रेष्ठ (बागमती), अमृतनारायण गोथे (बागमती), राजु न्यौपाने (भैरहवा), ईश्वर लामा (बागमती), हरेराम कशौधन (भैरहवा), मेघराज गुप्ता (नेपालगन्ज), गणेशकुमार सिलवाल (सिन्धुली) लगायतका उम्मेदवार रहेका छन् ।

पम्प व्यवसायीको छाता संगठन पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनको शुक्रबार ४२औँ साधारणसभा र शनिबार नयाँ कार्यसमिति चयनका लागि निर्वाचन हुँदै छ । देशभर रहेका करिब १ हजार ५ सयबाट छनोट भएका ३ सय ४४ पम्प व्यवसायीले केन्द्रीय निर्वाचन प्रणालीमा मताधिकार प्रयोग गर्नेछन् ।
 

सुझावित समाचार