एमालेले बोलायो चैत २२ गते संसदीय दलको बैठक

बुधबार, १८ चैत, २०७७
डिजिटल संस्करण

नेकपा एमालेले कर्णाली प्रदेश सभा संसदीय दलको बैठक चैत २२ गते बोलाएको छ । एमालेले एकल सरकार गठन गर्नका लागि आवश्यक छलफलका लागि चैत २२ गते संसदीय दलको बैठक बोलाएको हो । 

गत चैत ५ गते बसेको एमाले संसदीय दलको बैठकले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । त्यो बैठकमा नेकपा एमालेका नेपाल समूहका सांसदहरू अनुपस्थित भएका थिए । ओली पक्षले मुख्यमन्त्री शाहीले दिएको समर्थन फिर्ता लिएकाे थियाे भने नेपाल समूहले समर्थन कायम रहेको जनाएकाे थियाे ।

चैत २२ गते संसदीय दलको बैठक बोलाएको र त्यो बैठकले आगामी सरकार गठनका विषयमा रणनीति तयार गरेको  एमाले सांसद दानसिंह परियारले बताए । ‘नयाँ सरकार गठन र आगामी रणनीतिका विषयमा बैठकमा छलफल हुनेछ,’ उनले भने, ‘बैठकमा नेपाल समूहका सांसदहरू उपस्थित हुनुहुनेछ ।’

आगामी बस्ने संसदीय दलको बैठकमा आफूहरू पनि सहभागी हुने नेपाल समूहका सांसद कुर्मराज शाहीले बताए । ‘संसदीय दलको बैठकमा हामी पनि सहभागी हुन्छौँ,’ उनले भने, ‘पार्टीको संसदीय दलको बैठकमा उपस्थित नहुने भन्ने कुरै आउँदैन ।’
 

सुझावित समाचार