यामाहाको फ्रिडम इनिसिएटेड (एफआई) नयाँ वर्ष योजना

मंगलबार, १७ चैत, २०७७
डिजिटल संस्करण

यामाहा नेपालले नयाँ वर्ष २०७८ का लागि प्रवर्द्धनात्मक फ्रिडम इनिसिएटेड (एफआई) नयाँ वर्ष २०७८ योजना सुरु गरेको छ । कम्पनीले विभिन्न पुरस्कार तथा खरिद सुविधाको योजना ल्याएको हो । 

योजनाअनुसार प्रत्येक महिनाको भाग्यशाली विजेतालाई बम्पर पुरस्कारबापत २० लाख ७८ हजार रुपैयाँ प्रदान गर्ने कम्पनीले घोषणा गरेको छ । त्यस्तै, ग्राहकले स्क्र्याच कार्डमार्फत २ लाख ७ हजार ८ सय रुपैयाँसम्मका विभिन्न पुरस्कारहरू हरेक हप्ता प्राप्त गर्न सक्ने जनाइएको छ । 

ग्राहकलाई थप सुविधा दिने उद्देश्यका साथ उत्कृष्ट वित्तीय योजना पनि प्रस्तुत गरेको यामाहा नेपालको दाबी छ । जसअनुसार मोटरसाइकल तथा स्कुटरहरू शून्य प्रतिशत ब्याज वा न्यून डाउनपेमेन्ट र न्यून मासिक किस्ताको सुविधाका साथ पाउन सकिने कम्पनीले जनाएको छ ।   

कम्पनीका सिइओ चिरञ्जीवी शाहले कोभिड–१० का कारण सिर्जना भएको कठिन तथा संकुचित वातावरण र कटु अनुभवलाई थाती राखी नयाँ वर्ष २०७८ उत्साह र खुसीयाली लिएर आउने अपेक्षा गरेको बताए ।

उनले भने, ‘त्यही अपेक्षालाई दृष्टिगत गरेर हामीले अघि सारेको योजनाले ग्राहकहरूमा थप खुसीयाली ल्याउने तथा नयाँ वर्ष २०७८ मा स्वतन्त्रताको पहललाई नेतृत्व गर्ने अपेक्षा गरेका छौँ ।’ फ्युलइन्जेक्टेड मोटरसाइकल र फ्युलइन्जेक्टेड स्कुटरहरू उपलब्ध गराउने पहिलो ब्रान्ड बन्दै अत्याधुनिक प्रविधियुक्त दुईपांग्रे सवारीसाधनको बजारमा अग्रणी रहँदै आएको यामाहा नेपालको दाबी छ । 
 

See More On

सुझावित समाचार