एनएमबि बैंकले अन्तर्राष्ट्रिय प्रिपेड कार्ड सञ्चालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंकले ल्याएको एकैपटक वा पटक–पटक गरी वार्षिक ५ सय अमेरिकी डलरसम्म वा सोबराबर अन्य परिवत्र्य विदेशी मुद्राको प्रिपेड कार्डमार्फत अनलाइन कारोबार गर्न सकिने प्रावधानअनुसार बैंकले अन्तर्राष्ट्रिय प्रिपेड कार्ड जारी गरेको हो ।
अब एनएमबि बैंकमा आफ्नो प्यान कार्ड र नागरिकतासहित खाता खोली भारतबाहेक विदेशबाट पाइने सुविधाहरूमा अनलाइनमार्फत नेटफ्लिक्स, सपिङ, शिक्षालगायत क्षेत्रमा आफ्नै कार्ड प्रयोग गरी सामाजिक सञ्जालमार्फत आफैँले भुक्तान गरी प्रवर्द्धन गर्न सकिने बैंकले जानकारी दिएको छ ।
यो सुविधा बैंकको देशभर रहेका शाखाबाट लिन सकिने जनाइएको छ । बैंकले देशभर १ सय ८० शाखा, १ सय ३६ एटिएम र ९ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको जनाएको छ ।