ललितानिवासमा निर्माण भएका घरटहरा हटाउन मन्त्री तुम्बाहाङफेको निर्देशन

बुधबार, ११ चैत, २०७७
डिजिटल संस्करण

बालुवाटारस्थित बहुचर्चित ललितानिवास क्यापभित्र घर टहरा निर्माण नरोकिएको भन्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री डा. शिवमाया तुम्बाहाङफेले असन्तुष्टि जनाएकी छिन् । मन्त्रीस्तरको निर्णयबाट घर टहरा निर्माण रोक्न उनले निर्देशन दिएकी छिन् । 

मन्त्रालयले बुधबार नै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र गृह मन्त्रालयलाई पत्र लेख्दै कानुनविपरीत निर्माण भइरहेका संरचनाको काम रोक्न भनेको छ ।

शाखा अधिकृत महेशराज भट्टराईले पत्र लेख्दै नक्सापास र संरचना निर्माण रोक्न पत्राचार गरेका छन् । मन्त्री तुम्बाहाङफेले ललितानिवासको जग्गाबारे अदालतमा मुद्दा चलिरहेकाले त्यसलाई रोक्न निर्देशन दिएको जानकारी दिए । 

बहुचर्चित ललितानिवासको जग्गा हिनामिना प्रकरणमा पूर्वउपप्रधानमन्त्री, तीन पूर्वमन्त्री, अख्तियारका पूर्वप्रमुख आयुक्तसहित १७५ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
 

सुझावित समाचार