केटिएम २५० एड्भेन्चर सार्वजनिक

शुक्रबार, ६ चैत, २०७७
डिजिटल संस्करण

नेपालका लागि केटिएम मोटरसाइकलको अधिकृत विक्रेता हंशराज हुलासचन्द एन्ड कम्पनी लिमिटेडले केटिएम २५० एड्भेन्चर मोटरसाइकल बजारमा ल्याएको छ । कम्पनीले ७ लाख ४९ हजार ९ सय रुपैयाँ मूल्य तोकेर नयाँ मोडेल बजारमा ल्याएको हो । 

यो मोटरसाइकल देशभरिका सबै केटिएम सोरुममा बुकिङ पनि सुरु गरिएको कम्पनीले जनाएको छ । उत्कृष्ट ह्यान्डलिङ र इन्जिन पन्चका साथ लाइटवेट प्याकेजमा आउने यो मोटरसाइकल केटिएम परिवारकै नवीन एडिसन भएको कम्पनीको दाबी छ । 

यो मोटरसाइकलमा २४८ सिसीको डिओएचसिफोर–भल्भसिंगल सिलिन्डर लिक्विड कुल्ड इन्जिन रहेको जनाइएको छ । यो इन्जिनमा इलेक्ट्रोनिक फ्युल इन्जेक्सनले ३० एचपी (२२ किलोवाट) पावर र २४ एनएम टर्क अधिकतम शक्ति प्रदान गर्ने जनाइएको छ । यसमा रहेको अत्याधुनिक पावर असिस्ट स्लिपर क्लचले ६–स्पिड गियर बक्सको माध्यमबाट मुभमेन्टका लागि मद्दत गर्नुका साथै सहज र जर्क फ्री क्लच–लेस डाउन सिफ्टिङ गर्न मद्दत गर्ने कम्पनीको दाबी छ । 

यसमा डब्लुपी एपेक्स सेटको स्पेन्सन रहेकाले पछाडिको सक एब्जर्भरमा मिलाउन मिल्ने प्रिलोडका साथ १७७ एमएम ट्राभल रेन्ज रहेको जनाइएको छ । यसमा ४–पिस्टन र्याडियल्ली माउन्टेड क्यालिबरका साथ २३० एमएमको रियर ब्रेक डिस्क र लार्ज ३२० एमएम फ्रन्ट ब्रेक डिस्क रहेको कम्पनीले जनाएको छ ।

१४.५ लिटर ट्यांक र इन्धन खपत कम गर्ने बिएससिक्स इमिसन इन्जिनले चालकलाई विभिन्न भू–भागमा लामो दूरीका एड्भेन्चरहरू गर्न प्रोत्साहित गर्ने कम्पनीले जनाएको छ । 

कम्पनीका महाप्रबन्धक बिजय मोक्तानले हाल युवाहरूप्रति एड्भेन्चर यात्रामा बढ्दो प्रवृत्ति देखिएका कारण केटिएमको एड्भेन्चर रेन्ज यो प्रवृत्तिलाई सम्बोधन गर्ने अवधारणाले बनाइएको बताए ।

सुझावित समाचार