प्रतिनिधिसभा बैठक शुक्रबारसम्म स्थगित

मंगलबार, ३ चैत, २०७७
डिजिटल संस्करण

प्रतिनिधिसभा  बैैठक आगामी शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ ।  सभामुखको अनुपस्थितिमा अध्यक्षता गर्ने सांसद मनोनीत र तत्कालीन संविधानसभा सदस्य निदेशचन्द्र यादवको निधनमा शोक प्रस्ताव पारित गर्दै बैठक स्थगित भएको हो । 

बैठकमा यादवप्रति श्रद्धाञ्जली अर्पण गर्दै  एक मिनेट मौनधारण गरिएको थियो । यादव  वि.सं. २०७० को संविधानसभा सदस्यमा नेकपा एमालेको तर्फबाट बाँके क्षेत्र नं. २ बाट निर्वाचित भएका थिए । 

बैठकले सभामुखको अनुपस्थितिमा अध्यक्षता गर्ने सदस्यको नाम मनोनयन गरेको छ । सांसदहरू  डा. डिला सङ्ग्रौला, मानबहादुर विक, राधाकुमारी ज्ञवाली, रेखा शर्मा, रेणुकुमारी यादव, लालबाबु पण्डित र सोमप्रसाद पाण्डेलाई मनोनयन गरिएको छ ।
 

सुझावित समाचार