हिरोका नयाँ दुई मोडेल बजारमा

मंगलबार, ३ चैत, २०७७
डिजिटल संस्करण

मोटरसाइकल र स्कुटर निर्माता हिरो मोटोकर्पले नेपाली बजारमा दुई नयाँ प्रिमियम मोटरसाइकल सार्वजनिक गरेको छ । कम्पनीले हिरो एक्सट्रिम १६० आर र हिरो हंक १६० आर बजारमा ल्याएको हो । कम्पनीले प्रिमियम ब्रान्ड एक्सट्रिममा उल्लेखनीय र शक्तिशाली नयाँ अध्याय थप्दै हिरो एक्सट्रिम १६० ले प्रिमियम मोटरसाइकल सेगमेन्टमा हिरो मोटोकर्पको उपस्थितिलाई अझ सबल बनाउने कम्पनीको दाबी छ । मोटरसाइकलले आराम र नियन्त्रणको सर्वोत्कृष्ट मिश्रण शक्तिपूर्ण अवस्थितिसहित पर्फमेन्स, स्पोर्टिनेस र अन्य विशेषताको मिश्रण प्रदान गर्छ ।

दुवैै नयाँ मोटरसाइकलले नेपालका युवाको आकांक्षा पूरा गर्ने तथा पर्फमेन्स, स्टाइलिङ र भिन्न आकर्षणको गतिशील संयोजन प्रदान गर्ने कम्पनीले जनाएको छ । एक्सट्रिम १६० आर र हंक १५० आर देशभरिका हिरो मोटोकर्पका सोरुममा उपलब्ध रहेको जनाइएको छ ।

दुवै मोडल सार्वजनिक गर्दै हिरोमोटोकर्पका ग्लोबल बिजनेस प्रमुख सञ्जय भानले विश्वभरका ग्राहकका लागि वर्गीय रूपमा अग्रणी र बजारमा सान्दर्भिक सम्बन्धित उत्पादनहरू ल्याउने प्रयास निरन्तर रहने बताए । उनले भने, ‘यहाँका ग्राहकले दुवैै उत्पादन मन पराउनेछन् भन्नेमा हामी विश्वस्त छौँ ।’ एक्सट्रिम १६० आरले थुप्रै विश्व बजारमा राम्रो प्रदर्शन गरेकाले नेपालमा पनि राम्रो प्रदर्शन गर्ने आशा गरिएको उनको भनाइ थियो । हंक १५० आर विशेष रूपमा केही विशेष फस्र्ट–इन–क्लास विशेषताहरूका साथ नेपाली बजारका लागि विकसित गरिएको भानले बताए । 

हिरो मोटोकर्पले सन् २०१० मा नेपालमा नेपाल जनरल मार्केटिङ प्रालि (एनजिएम)लाई आधिकारिक वितरक नियुक्त गरी यहाँ कारोबार विस्तार गरेको कम्पनीले जनाएको छ । कम्पनीले हाल देशभरमा ७२ डिलर, ८२ सर्भिस सेन्टर र १ सयभन्दा बढी स्पेयर पार्टस् बिक्री केन्द्रका साथै २ सय ५० भन्दा बढी टच–प्वाइन्टमार्फत ग्राहकलाई सेवा दिँदै आएको जनाएको छ । कम्पनीले नेपालमा एचएफ डिलक्स, स्प्लेन्डर प्लस, स्प्लेन्डर आइस्मार्ट ११०, सुपर स्प्लेन्डर, ग्ल्यामर, हंक १५० आर, एक्सट्रिम १६० आर, एक्सट्रिम २०० आर मोटरसाइकलहरू र प्लेजर, डुएट, मास्ट्रो एज, डेस्टिनी १२५ स्कुटर बिक्री गर्दै आएको छ । 

मूल्य
एक्सट्रिम १६० आरको मूल्य ३ लाख ३९ हजार रुपैयाँ तोकिएको र यो सिंगल च्यानल एबिएसका साथ डबल डिस्कमा रहेको कम्पनीले जनाएको छ । त्यस्तै, हंकको १५० आरको मूल्य २ लाख ७९ हजार ५ सय रुपैयाँ तोकिएको र यो सिंगल च्यानल एबिएसका साथ डबल डिस्कमा रहेको जनाइएको छ । 

See More On

सुझावित समाचार