वीरगन्ज उद्योग वाणिज्य संघमा गुप्ता

मंगलबार, ३ चैत, २०७७
डिजिटल संस्करण

वीरगन्ज उद्योग वाणिज्य संघको ४५औँ वार्षिक साधारणसभाले सुबोधकुमार गुप्ताको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । नेपाल चामल, दाल, तेल उद्योग संघका अध्यक्षसमेत रहेका गुप्ताको नेतृत्वमा रहेको कार्यसमितिको प्रथम उपाध्यक्षमा अनिलकुमार अग्रवाल, महासचिवमा मनोजकुमार दास, वाणिज्य सचिवमा आशिष लाठ, सहसचिवमा सुशान्त चाचान र अनोज रुँगटा निर्विरोध भएका छन् । ३५ जना कार्यसमिति शनिबार निर्विरोध चयन गरिएको प्रमुख निर्वाचन अधिकृत बालमुकुन्द खरेलले जानकारी दिए । यसअघिको कार्य समितिमा गुप्ता संघको वरिष्ठ उपाध्यक्ष थिए । 

अन्य पदमा सहमति भए पनि द्वितीय उपाध्यक्ष, उद्योग सचिव, कोषाध्यक्ष र सहकोषाध्यक्षको भने निर्वाचन भएको थियो । आइतबार भएको निर्वाचनमा द्वितीय उपाध्यक्षमा हरिप्रसाद गौतम, उद्योग सचिवमा अरविन्द अमात्य, कोषाध्यक्षमा गोविन्द साह र सहकोषाध्यक्षमा प्रेमचन्द गोयल निर्वाचित भएका छन् । यस्तै संघको सदस्यमा अंकितकुमार खेतान, नरेशकुमार अग्रवाल टिबडेवाल, अवधेशकुमार सरावगी, सुमनकुमार क्याल, यशकुमार अग्रवाल, नवनीत अग्रवाल, नीरज अग्रवाल, दीपककुमार टिबडेवाल, सिद्धार्थ धुरका, मुरली जालान, मनोजकुमार शर्मा निर्विरोध भएका हुन् । 

सदस्यमै शुभमकुमार खण्डेलवाल, माधव राजपाल, हेमन्तकुमार वैद्य, रवीन्द्रकुमार वर्णवाल, शिवजीप्रसाद साह कलवार, विनय काबरा, सुरेशकुमार रुँगटा, प्रमोदकुमार चौरसिया विकासकुमार क्याल, प्रकाशकुमार खण्डेलवाल, सौरभ केडिया, प्रभात रुँगटा र सुनीलकुमार खेतान पनि सर्वसम्मत चयन भएको प्रमुख निर्वाचन अधिकृत खरेलले जानकारी दिए ।

सुझावित समाचार