जँ पाल सात्रले भन्थे रे ‘नर्ग भनेको अरू व्यक्ति हुन् ।’ मलाई सात्रको यो भनाइ पूर्ण सत्य नभए पनि सत्यको एकदम नजिक लाग्छ । मेरो विश्वासमा सात्रको उद्धरणलाई थप सही बनाउने हो भने ‘नर्ग भनेको सानो–सानो संवाद हो’ भन्नुपर्छ । यसो भन्दा मलाई अन्तर्मुखी र रुखो व्यक्तिको ट्याग लाग्न सक्छ । तर, अध्ययनअनुसार संवादलाई कठिन मान्ने धेरै हुने रहेछन् । विज्ञानले मेरो विचारलाई समर्थन हुने निष्कर्ष निकालेको छ । एक नयाँ अध्ययन अनुसार १.५९ प्रतिशत संवाद मात्र दुवै पक्ष सहमत भएर टुंगिन्छ । औसतमा कुराकानी आधाउधी पुग्दासम्म मानिसलाई आफूले गफमा धेरै लामो समय वा छोटो समय बिताएको सोच आउने रहेछ । आखिर किन त ?
विगतका अधिकांश अनुसन्धान मानिसहरू एकअर्कासँगको संवादमा यति धेरै कुशल किन छन् भन्ने विषयवरिपरि केन्द्रित हुन्थे । त्यस्तै एउटा अध्ययनको शीर्षक त यहाँसम्म थियो– ‘संवादहरू यति धेरै सजिला किन हुन्छन् ?’ कम्प्युटरका लागि संवादभन्दा मनोवाद धेरै सहज हुने गर्छ, तर मानिसको उद्विकास त अन्तत्र्रिmयाकै लागि भएजस्तो देखिन्छ ।
अन्तत्र्रिmयामा दिमागले २०० मिलिसेकेन्डको अन्तरमा आफूले बोल्नुपर्ने कुरा तय गर्छ । ‘ड्युएटिङ’ भनिने यो प्रक्रिया शब्द निर्माण र उच्चारण गर्न लाग्नेभन्दा कम समयमा सम्पन्न हुन्छ । उद्विकासवादी इतिहासमा भाषाको निर्माण हुनु धेरैअघि नै यो क्षमता विकास भइसकेको देखिन्छ । यही प्रक्रियामार्फत प्राइमेट र अन्य प्रजातिका जीवले पनि गफ गरेजस्तो शैलीमा अन्तत्र्रिmया गर्छन् ।
भाषाको विकासपछि मानव उद्विकासको गति तीव्र बन्यो । उद्विकासवादी मनोविद् रोविन डनबर भाषिक संवादलाई एकअर्काको रौं टिप्ने कार्यकै विकसित रूप मान्छन् । भाषा विकास भएपछि मानिसले अन्य प्राइमेटले भन्दा बृहत्तरस्तरको सामाजिक समूह निर्माण गर्ने, तिनलाई टिकाउने अभ्यास सुरु गरे ।
मानवीय विकासको अत्यन्त महत्वपूर्ण अवयव हुँदाहुँदै पनि हामी संवादलाई किन कठिन मान्छौँ ? यो प्रश्नले हारवार्ड विश्वविद्यालयका मनोविज्ञानका पिएचडी विद्यार्थी एडाम मास्ट्रोइनीलाई पनि आकर्षित गर्यो । मास्ट्रोइनीले डेनियल गिलबर्ट, गस कुनी र टिमोथी विल्सनसँग मिलेर यस विषयमा अनुसन्धान सुरु गरे । तिनको अनुसन्धानको निष्कर्षअनुसार मानिसलाई संवाद सही समयमा अन्त्य गर्ने तरिकाको ज्ञान छैन ।
उनीहरूले ९३२ संवादलाई दुई समूहमा विभाजन गरेर अध्ययन गरे । एउटा अध्ययन समूहका सहभागीलाई तिनको मित्र र आफन्तसँग कुराकानीपछि भर्खरै गरेका कुराकानीसम्बन्धी विभिन्न प्रश्न सोधिएको थियो । अर्को अध्ययन समूहका मानिसलाई ल्याबमा बोलाएर अपरिचित व्यक्तिसँग कुराकानी गराइएको थियो ।
आखिरमा संवादको प्रमुख उद्देश्य सहकार्यमार्फत सम्बन्ध थप प्रगाढ बनाउने हो । त्यसो भए हामी संवाद अन्त्य गर्ने विषयमा किन सहमत हुन सक्दैनाैँ ? खासमा हामी अरूलाई चिढ्याएर सामाजिक सम्बन्धमा क्षति पु र्याउन डराउँछौँ, यसैले हामी कुराकानीका क्रममा सही भावना व्यक्त गर्दैनौँ ।
यो समूहका प्रत्येक व्यक्तिले कुराकानी गरेपछि तिनको प्रतिक्रिया टिपोट गरिएको थियो । महत्वपूर्ण कुरा, दुवै अध्ययनको निष्कर्ष लगभग समान थियो : संवादमा हरेक मानिस अर्को व्यक्तिले कुराकानी अन्त्य गर्न चाहेको सही रूपमा ठम्याउन सक्दैन । अर्को पक्षको संकेतलाई बुझ्न नसक्ने सन्दर्भमा पहिलोपटक भेटिएको व्यक्ति र आमा वा श्रीमान्सँग उस्तै समस्या भोग्ने रहेछ ।
आखिरमा संवादको एउटा उद्देश्य सहकार्यमार्फत सम्बन्ध थप प्रगाढ बनाउने हो । त्यसो भए हामी संवाद अन्त्य गर्ने विषयमा किन सहमत हुन सक्दैनाैँ ? मास्ट्रोइनी र उनका सहकर्मीको अनुसन्धानको निष्कर्षअनुसार संवादका क्रममा हामी अर्को व्यक्तिलाई भ्रममा राख्छौँ । अर्थात् अन्तर्क्रियामा हामी इमानदार हुँदैनौँ । डनवरले भनेजस्तै संवादको उद्देश्य सामाजिक सम्बन्ध विकास गर्ने हो भने पछिल्लो अनुसन्धान निष्कर्ष सही नै ठहर्छ । हामीहरू अरूलाई चिढ्याएर सामाजिक सम्बन्धमा क्षति पुर्याउन डराउँछौँ, यसैले हामी कुराकानीका क्रममा सही भावना व्यक्त गर्दैनौँ ।
मैले मास्ट्रोइनीसँगको भेटमा लकडाउन र जुमले हाम्रो संवादलाई कसरी असर गरेको छ भनेर सोधेको थिएँ । उनका अनुसार तिनले हाम्रो समस्या झनै बढाइदिएका छन् । यसको एउटा कारण ‘व्यक्तिगत रूपमा भेट नहुँदा संवादमा प्रयोग हुने संकेतहरू उत्पन्न हुन पाउँदैन ।’ ‘आजकल मानिस संवाद अन्त्य गर्नका लागि आफू अनुपयुक्त स्थानमा छु भन्ने बाहना बनाउने गर्छन्,’ मास्ट्रोइनीले बताए । यो अध्ययनपछि म भने के कुरामा ढुक्क भएँ भने संवादमा कठिनाइ हुने मेरो व्यक्तिगत समस्या होइन रहेछ, यो हामी सबैको साझा समस्या रहेछ । म भने जुमको भूमिकाप्रति बढी नै आशावादी छु । आखिरमा प्रत्येक नयाँ प्रविधिले हामीलाई नयाँ बाहना ल्याइदिन्छ । यसैले त इन्टरनेटका यति धेरै सम्बन्ध अस्थिर हुने गर्छ ।
(क्लथ लेखक तथा स्तम्भकार हुन्) ब्लुमवर्गबाट