जिल्ला प्रहरी कार्यालय रुपन्देहीले हतियारसहित तीनजनालाई पक्राउ गरेको छ । रुपन्देहीको मर्चवारी गाउँपालिका– ७ कञ्चनपुरबाट एक थान कटुवा पेस्तोलसहित तीनजना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता सत्यनारायण थापाले जानकारी दिए ।
पक्राउ पर्नेमा समरीमाई गाउँपालिका– ७ बेतकुइयाका २४ वर्षे सुरज हरिजन, सोही स्थानका २३ वर्षे तौलन हरिजन र सोही गाउँपालिकाको भुन्डिहवा बस्ने २६ वर्षे सकिल मुसलमान छन् ।
भारतीय नम्बरको मोटरसाइकलमा यात्रा गरेका उनीहरूलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले जाँच गर्ने क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।