नेपाल इन्भेष्टमेन्टको पैसा पठाउने एप सार्वजनिक

बिहिबार, २७ फागुन, २०७७
डिजिटल संस्करण

नेपाल इन्भेष्टमेन्ट बैक लिमिटेड (एनआइबिएल)ले भारतमा रहेका नेपालीलाई लक्षित गरेर ‘पैसा पठाउने’ एप सार्वजनिक गरेको छ । बैंकले यो एप भारतको बैंक अनअससँगको सहकार्यमा ल्याएको हो । आफ्नो मोबाइल फोनमार्फत यो एपबाट कुनै पनि समय भारतबाट नेपालमा रकम पठाउन सकिने जनाइएको छ । यो सेवा भारतमा बसोवास गरिरहेका वा कार्यरत प्रवासी नेपालीका लागि उपलब्ध हुने बैंकले जनाएको छ । 

पैसा पठाउने एप भारतबाट नेपालमा रकम पठाउन सरल, सुरक्षित, कम खर्चिलो र सुविधाजनक रहेको बैंकको दाबी छ । यो एप भारतमा बैंक होलिडेका साथै कुनै पनि समयमा प्रयोग गर्न सकिने जनाइएको छ । एपका प्रयोगकर्ताले सरल ३ स्टेपमै नेपालमा रहेका आफ्नो परिवारलाई पैसा ट्रान्सफर गर्न सक्ने बैंकले जनाएको छ । 

यो एप प्रयोग गर्न पठाउने र पाउने व्यक्तिबारे एकपटक रजिस्ट्रेसन गरे पुग्छ । त्यसपछि प्रयोगकर्ताले आफ्नो बैंक खाताबाट सहजै नेपालमा रकम ट्रान्सफर गर्न सक्ने जनाइएको छ । यो एप भारतीय केन्द्रीय बंैकसमेतबाट स्वीकृत प्राप्त डिजिटल मोबाइल पेमेन्ट प्लाटफर्म रहेको एनआइबिएलले जनाएको छ । एपमार्फत भारतबाट नेपालीले वर्षमा १२ पटक र भारतीय रुपैयाँ ५० हजारसम्म रकम पठाउन सकिने बैंकले जनाएको छ । 

सुझावित समाचार