नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्न लागेको मेयर कप पुरुष (एक दिवसीय) २०७७ क्रिकेट प्रतियोगिता डिसहोमले प्रत्यक्ष प्रसारण गर्ने भएको छ । प्रत्यक्ष प्रसारण गर्ने विषयमा डिस मिडिया नेटवर्क र क्यानबीच सम्झौता भएको हो ।
काठमाडौंको कीर्तिपुर तथा मूलपानी मैदानमा २२ फागुनबाट सुरु हुने प्रतियोगितामा तीन विभागीय टोली, १ बागमती टोली र काठमाडाैं महानगरपालिका टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने जनाइएको छ । २९ फागुनसम्म चल्ने प्रतियोगितामा १ बागमती प्रदेश, ३ विभागीय टोली र १ काठमाडाैं महानगरपालिका गरी ५ टोलीको सहभागिता रहने क्यानले जनाएको छ ।
दुवै प्रतियोगिता डिस मिडिया नेटवर्कको एक्सन स्पोर्टस् एचडी तथा एसडी च्यानलले प्रत्यक्ष प्रसारण गर्ने जनाइएको छ ।
यसअघि दाङमा भएको प्रधानमन्त्री कप महिला प्रतियोगिता र काठमाडौंको कीर्तिपुर तथा मूलपानी मैदानको खेल पनि प्रत्यक्ष प्रसारण गरेको डिसहोमले जनाएको छ ।