रोयल इन्फिल्ड राइडरको समाज सेवाका लागि ‘वेलफेयर राइड’

बिहिबार, २० फागुन, २०७७
डिजिटल संस्करण

नेपालमा रोयल इन्फिल्ड मोटरसाइलको आधिकारिक विक्रेता विवेक अटोमोवाइल्स प्रालिले इन्फिल्ड मोटरसाइलको वेलफेयर राइड आयोजना गरेको छ । एमभी दुगड ग्रुपअन्तर्गतको विवेक अटोमोबाइल्स्ले बालाजुको सोरुमदेखि नारायणथानको मानवसेवा आश्रमसम्म वेलफेयर राइड गरेको हो । 

वेलफेयर राइड रोयल इन्फिल्डका हेड अफ अपरेसन कनक जम्मरले उद्घाटन गरेको कम्पनीले जनाएको छ । राइडमा ३५ वटा रोयल इन्फिल्डमा सवार ४२ जना राइडरले १५ किलोमिटर लामो यात्रा गरेको जनाइएको छ । 

ज्येष्ठ नागरिक तथा अशक्त व्यक्तिहरूलाई सेवा गर्दै आएको मानवसेवा आश्रमलाई सहयोग एवं त्यस आश्रममा रहेका व्यक्तिसँग अन्तक्रिया गर्ने उद्देश्यले राइडको आयोजना गरिएको कम्पनीले जनाएको छ । र्याली बालाजुदेखि गोंगबु, महाराजगन्ज, गोल्फुटार हुँदै मानवसेवा आश्रम पुगेको थियो ।

आश्रममा पुगेपछि एमभी दुगड ग्रुप र राइडरहरूले आफ्नो मनखुसीले सेवा र अन्तक्रिया गरेको कमपनीले जनाएको छ । सामाजिक दायित्वलाई प्राथमिकता दिँदै राइडसरहरूमा सेवाको भावना जगाउनु र्यालीको उद्देश्य रहेको कम्पनीले जनाएको छ । 

सुझावित समाचार