गाउँपालिकाकी इन्जिनियर ९५ हजार रुपैयाँ घुससहित पक्राउ

मंगलबार, ४ फागुन, २०७७
डिजिटल संस्करण

धादिङको गंगाजमुना गाउँपालिकामा कार्यरत इन्जिनियर पूजा कार्की घुससहित पक्राउ परेकी छिन् । ठेक्का सम्झौताअनुसारको काम सम्पन्नपश्चात् बिल भुक्तानी र प्राविधिक परीक्षण प्रतिवेदन तयार गर्न उनले घुस मागेकी थिइन् ।  

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले गंगाजमुना गाउँपालिका– ५ धादिङस्थित  उनको डेराबाट ९५ हजार रुपैयाँ घुससहित आयोगले पक्राउ गरेको हो ।

सुझावित समाचार