महालक्ष्मी विकास बैंक लिमिटेडकोे कायममुकायम प्रमुख कार्यकारी अधिकृतमा दीपेश लम्साल नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिले नायब प्रमुख कार्यकारी अधिकृत लम्साललाई वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गर्नुका साथै कायममुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सुम्पेको हो ।
१२ वर्षदेखि महालक्ष्मी विकास बैंकमा कार्यरत लम्सालको विभिन्न वाणिज्य तथा विकास बैंकको सम्पूर्ण क्षेत्रमा २५ वर्षको बैंकिङ अनुभव रहेको जनाइएको छ ।
केन्द्रीय बैंकको नीति–नियमभित्र रहेर सम्पूर्ण ग्राहक, सेयरधनी तथा कर्मचारीहरूको हितमा कार्य गर्दै गुणस्तरीय सेवा तथा उचित प्रतिफल प्रदान गर्न आफू केन्द्रित हुने लम्सालले बताएको जनाइएको छ ।