फासिष्ट सरकार हिंसा र बलात्कार देख्दैन, बोलेकै भरमा बन्दुक तेर्स्याउँछ : प्रदीप पौडेल

बिहिबार, २९ माघ, २०७७
डिजिटल संस्करण

कांग्रेस नेता प्रदीप पौडेलले लोकतन्त्रमा सबैलाई बोल्ने अधिकार रहेको बताउँदै नेकपा नेतृ रामकुमारी झाँक्रीलाई विनासर्त रिहा गर्न माग गरेका छन् । टिप्पणी गरेको आधारमै जेल देखाएर नागरिक तर्साउने सरकारले हिंसा र बलात्कार नदेखेको उनले बताएका छन् । 

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘फासिष्ट सरकार हिंसा र बलात्कार देख्दैन । बोलेकै भरमा बन्दुक तेस्र्याउँछ । टिप्पणी गरेको आधारमै जेल देखाएर नागरिक तर्साउँछ । हामीले ल्याएको लोकतन्त्रमा सबैलाई बोल्ने अधिकार छ । सबै बोल्न पाउँछन् । रामकुमारी झाँक्रीलाई विनासर्त रिहा गर ।’

सुझावित समाचार