सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृतमा शर्मा नियुक्त

बिहिबार, २९ माघ, २०७७
डिजिटल संस्करण

सनराइज बैंक लिमिटेडको सञ्चालक समितिले सुमन शर्मालाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । सञ्चालक समितिको ३ सय ६७औँ बैठकले शर्मालाई ४ वर्षका लागि उक्त पदमा नियुक्त गरेको हो ।

 प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त भएका शर्माले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र तथा भौतिकशास्त्रमा स्नातकोत्तर डिग्री हासिल गरेर सन् १९९७ मा नेपाल एसबिआई बैंकबाट आफ्नो करिअर सुरु गरेको बैंकले जानकारी दिएको छ ।

उनले सात वर्षसम्म एसबिआई बैंकमा काम गरिसकेपछि सन् २००५ मा नेदल्र्यान्डको मास्ट्रिक्ट स्कुल अफ म्यानेजमेन्टबाट एमबिए डिग्री हासिल गरेको जनाइएको छ । शर्मा अर्थशास्त्र र एमबिए इन फाइनान्समा स्वर्णपदक विजेता पनि रहेको बैंकले जनाएको छ । 

नेपाल फर्किएपछि शर्माले एनएमबि बैंकमा १० वर्ष, माछापुच्छ्रे  बैंकमा ३ वर्ष र ग्लोबल आइएमई बैंकमा ६ महिना काम गरेको जनाइएको छ । प्रमुख कार्यकारी अधिकृतका रूपमा सन्राइज बैंकमा आबद्ध हुनुअघि शर्माले माछापुच्छ्रे  बैंकमा २१ महिना प्रमुख कार्यकारी अधिकृतका रूपमा काम गरेका थिए । बैंकिङ क्षेत्रमा उनको करिब २२ वर्षको अनुभव रहेको जनाइएको छ । 

सुझावित समाचार