बलात्कारविरुद्ध सिंहदरबारमा महिला मार्चपास

बुधबार, २८ माघ, २०७७
डिजिटल संस्करण

बृहत् नागरिक आन्दोलनले बलात्कारविरुद्ध सिंहदरबारमा महिला मार्च पास गर्ने भएको छ ।

बृहत् नागरिक आन्दोलनको तर्फबाट मोहना अन्सारी, प्रणेता, कैलाश राई, अर्चना थापा, प्रणिका कोयू, दोभान राई, रिता शाह, प्रकृति भट्टराई बस्नेत र रिता परियारद्वारा  जारी  विज्ञप्तिमा भनिएको छ, ‘मैना सुनुवारदेखि निर्मला पन्त, अंगिरा पासीदेखि भागरथी भट्टसम्म भएको बलात्कारको सिलसिला सधैँका लागि बन्द हुनुपर्छ । सबै पीडितले न्याय पाउनुपर्छ । पुरुषप्रधान कानुन र सत्ताका आडमा कुनै पनि अपराधी  र बलात्कारीले उन्मुक्ति पाउनुहुँदैन । हाम्राे घर, संविधान, कानुन, संस्था सबै बदलिनुपर्छ ।’ 

विज्ञप्तिअनुसार सबै किसिमका महिला हिंसा, हत्या र दण्डहीनता अन्त्यका लागि आन्दोलित भएको बताइएको छ । शुक्रबार हुने मार्च पास वसन्तपुर, न्युरोड, रत्नपार्क, भद्रकाली हुँदै सिंहदरबार मूलगेट पुगेर कोणसभामा परिणत हुनेछ ।

सुझावित समाचार