ताप्लेजुङमा आगलागी, पाँच घर जलेर नष्ट

बुधबार, २१ माघ, २०७७
डिजिटल संस्करण

हिमाली जिल्ला ताप्लेजुङको सिनाम गाउँमा आगलागी हुँदा पाँच घर जलेर नष्ट भएका छन् । आगलागीबाट लाखौँको क्षति भएको छ । मंगलबार सिरिजंघा– १ सिनाम डाँडागाउँका दीपेन्द्र गिरी, टेकनाथ गिरी, शान्तिराम गिरी र दीपक गिरीको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  

जिल्ला प्रहरीका अनुसार दिउँसो करिब ४ बजे सुरु भएको आगो नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको सक्रियतामा अढाइ घन्टामा नियन्त्रणमा आएको थियो । 

आगलागीबाट मानवीय क्षति भने नभएको सिनाम बहुमुखी क्याम्पसका प्रमुख महेन्द्र गौतमले जानकारी दिए । आगलागीपछि पीडित परिवार पाल टाँगेर बसेका छन् । 

प्रहरी कार्यालका अनुसार बच्चाले भान्सामा आगो फुक्ने क्रममा आगो सल्किएको बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । आगलागीबाट ५६ लाख ७८ हजार रुपैयाँबराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ । 

सुझावित समाचार