इबोला र कोभिडजस्तै अर्को संक्रमण : डिजिज एक्स

शनिबार, १७ माघ, २०७७
डिजिटल संस्करण

१९औँ शताब्दीको सुरुवातमै वैज्ञानिकहरूले तीव्र मौसम परिवर्तन बढ्दो रोगको संकेत भएको चेतावनी दिइसकेका थिए । पर्यावरणमा आइरहेको परिवर्तनसँगै आममानिसको जीवनशैलीमा पनि आमूल परिवर्तन आइरहेको छ । साथै रोगहरूको संख्यामा पनि वृद्धि भएको छ । सामान्यतः जलवायु परिवर्तन र रोगको सम्बन्धबारे बुझ्न गाह्रो भए पनि पछिल्लो समय लगातार देखिइरहेका नयाँ संक्रमण र फैलिइरहेको महामारीले यसको सम्बन्धबारे पुष्टि गर्छ । कोभिड महामारीले विश्व नै संक्रमण हुनु र थप नयाँ भाइरसको विकासले गर्दा चाँडै पुनः सामान्य जीवनशैलीमा फर्किनु अनिश्चित देखिन्छ । कोभिड भाइरसको खोप पूर्णरूपमा विकास नहुँदै भाइरस उत्परिवर्तन भएर नयाँ देखिनुले पनि भविष्यमा संक्रमणको जोखिमसँगै बाँच्न सिक्नुपर्ने अवस्था आउने वैज्ञानिकहरूको अनुमान छ । 

सन् १९७६ मा इबोला पत्ता लगाएका वैज्ञानिक जिन ज्याकस मुयम्बे ताम्फमले एक रिपोर्टमा कोभिड र इबोलाभन्दा तीव्र फैलिने नयाँ भाइरस ‘डिजिज एक्स’बारे केही तथ्य खुलाएका थिए । प्रोफेसर जिन ज्याक्सले अफ्रिकाको ट्रपिकल क्षेत्रमा नयाँ घातक भाइरस देखिएको बताएका हुन् । ‘डिजिज एक्स’ कुनै रोग नभई यसले कुनै असाधारण रोगको प्रतिनिधित्व गर्ने बताइएको छ । ‘डिजिज एक्स’मा एक्सलाई अनपेक्षितको संज्ञा दिइएको छ, जुन अप्रत्यासित रूपमा देखिन सक्छ । अर्थात् कोभिडको महामारीको समयमा पनि ‘डिजिज एक्स’ फैलिने र ठूलो क्षति गर्न सक्ने अनुमान गरिएको छ । 

विश्व स्वास्थ्य संगठनले भनेको छ, ‘डिजिज एक्स काल्पनिक हो, तर वैज्ञानिकहरू यो जतिवेला पनि देखिन सक्ने र विनाश निम्त्याउने आशंका गर्छन् ।’ डब्लुएचओले डिजिज एक्सलाई गम्भीर रूपमा लिएको पाइन्छ । सामान्यतः डिजिज एक्सभित्र कोभिड–१९, क्राइमियन कंगो, हेमोरोइज फिवर, इबोला, मार्बग, मिडिल इस्ट रेस्पेटोरी सिन्ड्रोम, कोरोना भाइरस, निम्फ, हेनिपाभिरल, रिफ्ट भ्याली र जिका भाइरस पर्छन् । समूहमा नयाँ भाइरसहरू थपिँदै जान्छन् । प्रोफेसर जिन ज्याक्स भविष्यमा आउने महामारी कोभिडभन्दा झन् खतरनाक हुने अनुमान गर्छन् । 
...
डिजिज एक्स पहिलोपटक कंगोमा देखिएको रिपोर्ट गरिएको थियो । एकजना व्यक्तिमा हेमोरोइज फिवर देखिएपछि अनुसन्धान गर्दा डिजिज एक्स भएको अनुमान गरियो । संक्रमितमा अधिकांश लक्षण इबोलाको देखिए पनि इबोलाको रिपोर्ट नेगेटिभ देखियो । विभिन्न अध्ययनका अनुसार डिजिज एक्स कोभिडजस्तै फैलिन सक्छ र इबोलाको जस्तै मृत्युदर ५० देखि ९० देखिन्छ । विज्ञहरूले महामारी निम्त्याउने अन्य भाइरसबारे पनि चेतावनी दिएका छन् । उनीहरूले भाइरसको बढ्दो संख्यालाई वन्यजन्तु विनाशसँग जोडेका छन् । पछिल्लो केही वर्षयता एक वर्षमै तीनदेखि चार नयाँ भाइरस देखिइरहेका छन् । 
– एजेन्सीको सहयोगमा 
 

सुझावित समाचार