लैनचौरबाट पेस्तोलसहित युवक पक्राउ

बुधबार, १४ माघ, २०७७
डिजिटल संस्करण

काठमाडौंको लैनचौरमा एक युवक पेस्तोलसहित पक्राउ परेका छन् । सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका घर भई सामाखुसी बस्ने कृष्ण चौलागाईंलाई सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्युरोको टोलीले बुधबार पक्राउ गरेको हो ।

एक राउन्ड गोलीसहितको पेस्तोल बरामद भएको र उनलाई नेपाल प्रहरीमा बुझाइएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

सुझावित समाचार