इलेक्ट्रोनिक कम्पनी सामसङले आफ्नो पछिल्लो फ्ल्यागसिप एस सिरिज नेपालमा ल्याउने योजना बनाइरहेको छ । कम्पनीले उक्त मोडलको प्रि–अर्डर सुरु गर्ने भएको हो ।
कम्पनीले विश्वव्यापी रूपमा ग्यालेक्सी एस२१ शृंखलाको अनावरण गरिसकेको, जसले हालसम्म निर्माण भएका स्मार्ट फोनको तुलनामा नयाँ आयाम प्रदान गर्ने अपेक्षा गरिएको जनाएको छ ।
विश्वभरका प्रयोगकर्ताले यसको अत्याधुनिक डिस्प्ले, सुधार गरिएको क्यामेरा र आकर्षक डिजाइनका लागि उक्त मोडललाई निकै रुचाएको कम्पनीको दाबी छ ।