फुटबल एकेडेमी हुम्लालाई खेल सामग्री र नगद सहयोग

बुधबार, ७ माघ, २०७७
डिजिटल संस्करण

हुम्ला फुटबल  एकेडेमीलाई खेलकुद सामग्रीसहित नगद सहयोग प्राप्त भएको छ । हिमाली  जिल्ला हुम्लाको खेलकुद क्षेत्रको विकासका लागि  काठमाडौंको कैलाश ट्रिपका सबिन घिमिरे र अर्का काठमाडौंनिवासी कृष्ण  श्रेष्ठले बीसवटा फुटबल र दुई थान पम्प सहयोग गरेको एकेडेमीका  अध्यक्ष विष्णु रावतले बताए ।

यसैगरी काठमाडौंकी गौरी थापाले पाँच  हजार, दाङबाट सर्भेश शर्माले पाँच हजार, डोल्पाबाट सुरज उपाध्यायले पाँच हजार एक सय, बेलायतबाट रवि श्रेष्ठ र प्रकाश प्रधानले चार सय डलर तथा काठमाडौंबाट पदम रानामगरले पाँच हजार र अध्यक्ष विष्णु रावतले  तीस हजार नगद सहयोग गरेका छन् । 

आगामी फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा एकेडेमीले खेलकुद प्रशिक्षण  कार्यक्रम सञ्चालन गर्न लागेको छ । 

सुझावित समाचार