नेपालमै पढ्न चाहनेलाई ‘एजुकेसन फेयर’

बुधबार, ७ माघ, २०७७
डिजिटल संस्करण

‘स्वदेशमै शिक्षा, सबैको इच्छा’ भन्ने मूल नाराका साथ ८ माघदेखि १२ गतेसम्म नेपालमा उच्च शिक्षा लिन चाहने विद्यार्थीलाई लक्षित गरी नेपाल भर्चुअल कलेज फेयर आयोजना हुने भएको छ । भिजन मिडिया इनकर्पोरेसन र एडुकेसन डटकमको मुख्य आयोजनामा फेयर हुने भएको हो ।

फेयरमा अतिथिका रूपमा नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ, प्रधानमन्त्री केपी शर्मा ओलीका सूचना प्रविधि सल्लाहकार अस्गर अली, पठाओका क्षेत्रीय निर्देशक असिम बस्नेत, अभिनेत्री माल्भिका सुब्बालगायत प्रमुख वक्ताका रूपमा रहने एडुकेसन डटकमले जनाएको छ । 

अन्तर्राष्ट्रिय विश्वविद्यालयसँग आबद्ध विभिन्न कलेजहरूले विद्यार्थीलाई निःशुल्क परामर्श दिने जनाइएको छ ।  बिबिए, एमबिए, बिआइटी, बिएचएम, बिटिटिएम, बिबिएस, बिएचटिएम, बिएएसडब्लु, बिबिएस, बिएस्सी, सिएसआइटीलगायत कोर्स पढ्न चाहने विद्यार्थी यो फेयरबाट प्रत्यक्ष रूपमा लाभान्वित हुने आयोजकले जनाएका छन् ।

सुझावित समाचार