राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्रीको सम्बोधन– सधै‌ँ जालझेल र तिकडम भो

आइतबार, २६ पुष, २०७७
डिजिटल संस्करण

प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय सभा बैठकलाई सम्बोधन गरेका छन् । उनले आफ्नो कदमको बचाऊ गर्दै सधैँ जालझेल र तिकडमकाे राजनीतिले सरकारलाई काम गर्न अप्ठ्यारो भएकोले प्रतिनिधिसभा विघटन गर्नुपरेको बताए। 

‘सरकारलाई काम गर्न दिने वातावरण बनेन । सरकारलाई काम गर्न नदिने, सरकारलाई काममा व्यवधान खडा गर्ने, जहिल्यै पनि झमेला मात्रै सिर्जना गर्ने, केही व्यक्तिका व्यक्तिगत आकांक्षा, महत्वकांक्षाहरू र पदलोलुपताजस्ता कुराले राष्ट्रिय राजनीतिलाई नै प्रदूषित गर्न खोज्ने । स्थिरता र स्थायित्वतर्फ देशलाई अघि बढ्न नदिएर राजनीतिलाई फेरि बहुमतलाई टुक्रयाउने, बहुमतलाई खण्डित गर्ने, बहुमतलाई ध्वस्त पार्ने र फेरि अस्वस्थ, अनुचित अलोकतान्त्रिक लेनदेन, गठजोड, जालझेल, तिकडम, षड्यन्त्रबाट देशको राजनीतिलाई, फेरि ६–६ महिनामा प्रधानमन्त्री फेरिने खालको अस्थिरतातर्फ धकेल्ने । काम हुन नपाउने, जोडघटाउ, मोलतोल, लेनदेनमै सरकारको समय बित्ने, संसद्लाई प्रभावकारी ढंगले काम गर्न नदिने,’ उनले राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्दै भने, ‘कतिपय विधेयकहरू अड्काइदिने । सरकारले संसद्समक्ष प्रस्तुत गरेका प्रस्ताव निर्णयार्थ प्रस्तुत पनि नगरिदिने, र यो प्रणाली बेठीक भो भन्ने निष्कर्ष निकाल्न खोज्ने, संविधान भो भन्ने निष्कर्ष निकाल्न खोज्ने, संघीय लोकतान्त्रिक गणतन्त्र चल्ने व्यवस्था हाेइन यो, चल्दैन भन्ने निष्कर्ष निकाल्ने खोज्ने, त्यस्ता प्रयासहरू भए ।’ 

सुझावित समाचार