पुस १० कै इजलासका न्यायाधीशले संसद् विघटनविरुद्ध मुद्दाको सुनुवाइ गर्ने

बुधबार, २२ पुष, २०७७
डिजिटल संस्करण

प्रतिनिधिसभा विघटनविरुद्धका रिटमाथि सर्वाेच्च अदालतकोे संवैधानिक इजलासमा आजबाट सुनुवाइ हुँदै छ । गत १० पुसमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वमा न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी सम्मिलित संवैधानिक इजलासले २२ पुसदेखि यो मुद्दामा निरन्तर सुनुवाइ गर्ने आदेश दिएको थियो । 

आजको इजलासमा पनि पुस १० कै न्यायाधीशले सुनुवाइ गर्ने भएका छन् । जसमा प्रधानन्यायाधीश राणा सहित न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी छन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते संसद विघटन गरेकि थिइन् ।प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरेका प्रधानन्यायाधीश राणालाई उनीविरुद्ध परेको रिटको सुनुवाइ कसरी गर्छन् भन्ने कुरा अहिले सबैको चासोको विषय बनेको छ । 
 

सुझावित समाचार