खुकुरी म्युजिक नेसन प्रतियोगिताको शीर्ष १६ प्रतियोगी छनोट

मंगलबार, २१ पुष, २०७७
डिजिटल संस्करण

कोभिड–१९ को त्रासका बीच पनि खुकुरी म्युजिक नेसनको ब्यानरमा खुकुरी म्युजिकले भर्चुअल सांगीतिक प्रतियोगिता सञ्चालन जारी गर्नुका साथै प्रतियोगी छनोट गरिरहेको छ । यस भर्चुअल प्रतियोगितामा सहभागीमध्ये १६ शीर्ष स्थानमा अटेका प्रतियोगीको नाम सार्वजनिक गरिएको हो । 

घोषित शीर्ष १६ प्रतियोगीहरू ऋनिश श्रेष्ठ, अन्जान रानाभाट, युनिक बज्राचार्य, किरण भुसाल, महेश चापागाईं, मोनिका राई, सन्देश गुरुङ, सागर राई, सन्तोष घले, उमित श्रेष्ठ, सबिन मगर, राजु गुरुङ, दर्शिका रेग्मी, कुसुम गिरी, अशिम थापा र जिग्मे वाङचुक रहेको आयोजकले जनाएका छन् । प्रतियोगिताका लागि नेपालभित्र रहेका र नेपालबाहिर बसेका नेपालीको सहभागिता रहेको जनाइएको छ । 

शीर्ष १६ प्रतियोगीहरूको चयन विपुल क्षत्री, समृद्धि राई र सबिन राईसहितको निर्णायक मण्डलले गरेको थियो  प्रतियोगितामा सहभागी हुन इच्छुक आवेदकले प्रतियोगिताका लागि उनीहरूको आफ्नो सांगीतिक कभर भिडियो आधिकारिक वेबसाइट खुकुरीम्युजिकडटकममा अपलोड–सम्मिलित गराएको कम्पनीले जनाएको छ ।

प्रतियोगिताको अर्को चरणमा श्रोता तथा दर्शकले आफ्नो मनपर्ने कलाकारका लागि भोट गर्न सक्ने जनाइएको छ । आफ्नो मनपर्ने कलाकारलाई प्रशंसकले खुकुरीम्युजिकडटकममा गएर भोट गर्न सक्ने आयोजकले जनाएका छन् ।

सुझावित समाचार