प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठक जारी

सोमबार, २० पुष, २०७७
डिजिटल संस्करण

नेकपा प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक पेरिसडाँडामा जारी छ । 

पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको उपचारका लागि मुम्बई गएपछि बैठकको अध्यक्षता अर्का अध्यक्ष माधव नेपालले गरेका छन् । 

प्रचण्डले आइतबारको बैठकमा पत्नी सीताको थप उपचारका लागि मुम्बई जाने हुनाले सोमबारको बैठकमा उपस्थित हुन नसक्ने जानकारी गराएका थिए ।

यो समूहको यसअघि सम्पन्न स्थायी कमिटी बैठकले प्रचण्ड र माधव नेपालले आलोपालो अध्यक्षता गर्ने निर्णय गरेको थियो । 

आजको बैठकमा संसद पुनर्स्थापनाबारे पूर्वघोषित आन्दोलनका  कार्यक्रमबारे छलफल गर्ने कार्यसूची छ  । पार्टी र जनवर्गीय संगठनको जिम्मेवारी बाँडफाँटबारे मापदण्ड बनाउन माधव नेपालकै संयोजकत्वमा कार्यदलसमेत गठन भएको छ । 

तस्बिर : प्रचण्डको सचिवालयबाट 

सुझावित समाचार