अज्ञात समूहद्वारा सरकारी गाडीमा आगजनी

शुक्रबार, १७ पुष, २०७७
डिजिटल संस्करण

कर्णाली प्रदेशको अर्थ तथा प्राकृतिक स्रोत समितिका सभापति चढ्ने गाडीमा गएराती अज्ञात समूहले आगजनी गरेको छ ।  

जाजरकोट (क) बाट निर्वाचित प्रदेश सभा सदस्य एवं सभापति गणेशप्रसाद सिंह चढ्दै आएको कर्णाली प्रदेश ०२००१झ००४० नम्बरको गाडी भेरी  नगरपालिका- ७ पुन्मामा गएराति आगजनी भएको हो । 

आगजनीबाट गाडी पूर्ण रूपमा नोक्सान भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । प्रहरीले अहिलेसम्म आगजनी गर्ने कसैलाई पनि पक्राउ गर्न सकेको छैन । तर, घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

See More On

सुझावित समाचार