प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसले सोमबार देशैभर प्रदर्शन गरेको छ ।प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसले सोमबार एक सय ६५ निर्वाचन क्षेत्रमै विरोध प्रदर्शन आयोजना गरेको हो ।

कांग्रेसको प्रदर्शनमा सम्बन्धित क्षेत्रका सांसद तथा नेता–कार्यकर्ताको उपस्थिति रहेको छ । यसअघि कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै सरकारको असंवैधानिक कदमविरुद्ध प्रदर्शनमा उत्रिन अपिल गरेका थिए। काठमाडौंको विरोध ऱ्यालीको नेतृत्व नेता अर्जुननरसिंह केसीले गरेका छन् ।




