राष्ट्रपतिद्वारा राष्ट्रिय सभा अधिवेशन १७ पुसमा आह्वान

आइतबार, १२ पुष, २०७७
डिजिटल संस्करण

राष्ट्रपति विद्यादेवी भण्डारीले १७ पुसमा राष्ट्रिय सभा अधिवेशन आह्वान गरेकी छिन् । सरकारको सिफारिसमा भण्डारीले १७ पुसको अपराह्न ४ बजे अधिवेशन आह्वान गरेकी हुन् । 

राष्ट्रिय सभा अधिवेशन आह्वानको पत्र संसद् सचिवालयमा पनि पुगेको छ । 

संघीय संसद्को प्रतिनिधिसभा भने प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले गत ५ पुसमा विघटन गरिसकेकी छिन् । 

सुझावित समाचार