नेपालका लागि किया गाडीको अधिकृत वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले नेपालमा निजी गाडी कारको बजार हिस्सा तेस्रो नम्बरमा पुगेको जनाएको छ । कम्पनीले नेपालमा कियाको मिड–एसयुभी सेल्टोसको संख्या १ हजारभन्दा बढी संख्यामा बिक्री भएसँगै यो दाबी गरेको हो ।
एक वर्षभित्रमै १ हजार सेल्टोस र अर्को मोडल सोनेटले कोरियाली अटो ब्रान्ड कियालाई नेपालमा सबैभन्दा बढी बिक्री हुने गाडीको तेस्रो नम्बरमा उकालेको कम्पनीको दाबी छ । २ महिनाअघि नेपाली बजारमा आएको सोनेट पनि २ सय ५० युनिभटभन्दा बढी बिक्री भइसकेको कम्पनीले जनाएको छ ।
गत वर्ष पुसमा सेल्टोस नेपाल ल्याएको थियो । यो गाडी भारतमा बजार प्रवेश गरेको १० दिनमै सर्वाधिक बिक्री हुने मिड–एसयुभी बन्न सफल भएको कम्पनीले जनाएको छ । सेल्टोस कियाको भारतस्थित प्लान्टमा उत्पादन हुन्छ ।
कोरियाली अटो निर्माता कियाले सन् २०१९ बाट भारतीय प्लान्टमा सेल्टोस उत्पादन थालेको जनाइएको छ । सेल्टोसमा १० इन्च स्क्रिन, बिओएसई म्युजिक सिस्टम, फ्रन्ट र ब्याक एलइडी लाइट, एयर प्युरिफायर, डी–कट स्टेरिङ, युभी ग्लासजस्ता विशेषता रहेको जनाइएको छ ।